२९ जेष्ठ २०८१, मंगलवार
Follow Us

बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७९, शुक्रबार ००:४४

काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७ )मा काठमाडौंमा ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्ने भएकी हुन् ।
दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘ पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी तो पार्टी शुरु हुई है, नागिन दिन गिन गिन, कमरिया लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।
युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताए । साधारण १ हजार र भीआइपीका लागि २ हजार टिकटे कार्यक्रमको राखिएका छ ।
फिल्म ‘फग्ली’ को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् ।